कसले के भाकेर चढायो होला
दुई थुङ्गा फूल?
पुग्यो कि पुगेन होला?
कसले के मागेर ढोग्यो होला
उकालोको ढुङ्गो?
पायो कि पाएन होला?
आस्था र आशाको गह्रुँङ्गो भारी बोकेर
कसले पोत्यो होला राताम्मे अबिर?
सिमे भूमे देउरालीलाई
देवतै मानेर
कसले पुज्यो होला पहिलो पल्ट?
कसले चढायो होला
दुईटा फूल देउरालीमा...?