समाजभित्रको महाभारत-
अघिल्लो ब्लगमा मैले महाभारत बारे केही चर्चा गरेको थिएँ। खासमा त्यो ब्लग भन्दा पनि लामो ट्विट थियो। जो ट्विटरको शब्द सिमाले नधानेर मिसमास हुँदै तन्किएर ब्लगमा बदलिएको थियो। उक्त ब्लगमा आएको प्रतिक्रिया र सुझावले मलाई अरु लेख्न हौस्यायो। महाभारतबारे अरु बुझ्न, बुझेको कुरा बुझाउन, सिक्न र सिकेको कुरा खुलेर राख्न हौस्यायो। र यो अर्को ब्लग त्यसैको परिणाम हो।
महाभारतबारे लेख्नु कठिन काम हो। मलाई थाहा छ। महाभारत बुझ्नु र बुझेको छु भन्नु पनि आत्मरति मात्रै हो। यो पनि थाहा छ। यसका पत्र पत्र बुझ्नु, दर्शन बुझ्नु, धर्म बुझ्नु, पात्रहरुका बारेमा जान्नु र गहिराईमा पुगेर छिमल्न खोज्नु मेरो वशको काम हैन पनि। तर पनि महाभारतले हाम्रो राज्य, समाज र व्यक्तित्वमा पारेको प्रभावका बारेमा तुलना गरेर लेख्नु चैँ मेरो सिमा भित्रकै कुरा हो भन्ने म ठान्छु। र यसका बारेमा अरु लेख्दै जानेछु।
यो दोश्रो ब्लग त्यही गन्थनकै निरन्तरता हो।
तर त्यो भन्दा पहिला केही समय अघिको मेरो ट्विटबाट सुरु गर्न चाहन्छु -
'हर शासनमा एउटा महाभारत चलिरहन्छ। जहाँ कुर्सिमा बसेको राजा अन्धो हुन्छ। एउटा दुर्योधन उत्तराधिकारी हुन्छ। जहाँ हर बातमा भड्काइरहने शकुनी हुन्छ, हो मा हो मिलाउने मित्र कर्ण हुन्छ, वयोवृद्ध लाचार सेनापति भिष्म हुन्छ, एउटा कमजोर पाण्डव प्रतिपक्ष हुन्छ। 'किङ्गमेकर' सधैँ कृष्ण बनिरहन्छन्।
र यो निरन्तर चलिरहन्छ।
---
महाभारत इतिहास हो? मिथक हो? धर्मशास्त्र हो? या फगत कथा मात्र हो? महाभारत के हो भन्नेबारेमा बहस, विवाद हुँदै जाला। तर महाभारत हाम्रै समाज हो र समाजकै कथा हो भन्नेमा चैँ दुई मत छैन। यहाँ महाभारत गहिरोगरी गढेको छ। हर समाजमा महाभारतका कथा अनि पात्रहरु उदाहरण र उपमाका रुपमा प्रशस्तै भेटिन्छन्। केही पुराणका माध्यमबाट सुनिँदै आए होलान्, केही किस्सा किंबदन्तीबाट सर्दै आए होलान्, केही दन्त्यकथाबाट आए होलान्, केही पाठ्यक्रमबाट सिकाइए होलान् र केही टेलिभिजन र फिल्मको प्रभाव रह्यो होला। तर कथा बन्यो, सर्यो अनि समाजमा गाढिएर बस्यो।
हाम्रो समाज कथाले निर्माण गरेको समाज हो। कहानीको जगमा उभिएको समाज हो। जहाँ पाइलैपिच्छे कथा भेटिन्छन्। पाइलै पिच्छे मिथक भेटिन्छन्। हर कुरा इतिहाससँग जोडिएका छन्। जहाँ धर्मशास्त्र, इतिहास, मिथक र कथा एक अर्कामा यसरी घुलिएका हुन्छन् कि फरक छुट्याउनै मुस्किल हुने गर्छ।
र महाभारत ति सबैको मिश्रण हो। जो अनादिदेखी उसैगरि चलिरहेको छ। जो वर्तमानमा छ। र जो अनन्तसम्म चलिरहनेछ।
हाम्रोमा पनि छ नि। कुनै कार्यमा दृढ निश्चय लिनुपरे हामी त्यसलाई 'भिष्म प्रतिज्ञा' भन्ने गर्छौँ। लक्ष्यमा एकाग्र भएर कार्य साधना गर्नुलाई 'अर्जुन दृष्टी' भन्छौँ। अलिक ठूला कद भएकाहरु 'भिमकाय शरिर'का हुन्छन्। भन्छौँ नि! अनाहकमा कसैलाई गुरु मानेर गुरुदक्षिणा चढाउनुपरेकाहरु 'एकलव्य' बनिराखेका नि देखेकै छौँ। यही समाजमा पाण्डव देखिरहेका हुन्छौँ। कौरव देखिरहेका हुन्छौँ। षड्यन्त्रको पासा फालिरहेका शकुनीहरु, कोही एकलाई सर्वश्रेष्ठ बनाउन एकलव्यको औँला मागिरहेका द्रोणाचार्यहरु, धृतराष्ट्रहरु, दुर्योधनहरु अनि महाभारतका हर एक पात्र समाजमा कतै न कतै देखिरहेका नै हुन्छौँ। यहीँ हरदिन कतै न कतै 'चिरहरण' भइरहेकै हुन्छ। कतै न कतै जुवा दाउका नाममा सर्वस्व हरण भइरहेकै हुन्छ। हो पात्र बदलिइरहन्छन्। तर प्रवृत्ति उही छ। शैली फरक होला। तर अवस्था उस्तै छ। समय र परिस्थिती अनुसार महाभारतका रुप र प्रकार फरक होलान्। तर एउटा न एउटा महाभारत हरेकमा हुन्छ। हरेक समाजमा हुन्छ। उही कथा।
समाजको यो महाभारत बुझ्नु पनि अर्को 'महाभारत' नै होला।
त्यसैले महाभारत हाम्रै समाजको इतिहास हो। इतिहास- जो यस्तै भएको थियो। जो यस्तै हुँदैछ। र यस्तै भइरहनेछ।
नेति नेति....
x