Pages

2023/04/19

वैकल्पिक राजनीतिमा हर्क/ बालेन

 

कुनै पनि नेता यी तिन कुरामा विवादमा नआउन्जेल कुनै फरक पर्ने वाला छैन-

१। नैतिकता/ आचरण सम्बन्धि प्रश्न

२। भ्रष्टाचार मुद्दा

३। परिवारवाद या नातावाद/कृपावाद

 

जहाँसम्म लाग्छ हर्क र बालेन यी तिन कुरामा हालसम्म सफा छन्। नैतिक रुपमा हालसम्म सफा छन्। भ्रष्टाचार देखिएको छैन। र सारा विरोधी हात धोएर पछि लाग्दा समेत स्वार्थ प्रेरित/ परिवार प्रेरित या आफू अनुकुल मात्रै काम या निर्णय गरेको भेउ भेट्टाउन सकेको छैन। जे गर्दैछन्, समाजकै लागि गर्दैछन्। त्यही कुरामा गाली खाइरहेछन्। र कामकै लागि गाली खाइरहेछन्।


 

2022/12/25

कबिता- अन्तिम भेट

अन्तिम भेटका लागी निमन्त्रण थियो।

एक अन्तिम मुस्कानको मलामी
जहाँ
अन्तिम पल्ट मुस्कुराउनु थियो।

एउटा अन्तिम हिसाब,
एउटा अन्तिम माफीनामा,
एउटा अन्तिम बिदाई,
एउटा अन्तिम आँशुको विनिमय।

अन्तलाई अन्त्य गर्न,
एउटा अन्तिम आमन्त्रण थियो।

जहाँ,
नगएरै मैले
त्यो भेटलाई अन्तिम हुनबाट जोगाएँ...

कबिता- दुईटा फूल देउरालीमा

कसले के भाकेर चढायो होला
दुई थुङ्गा फू‌ल?
पुग्यो कि पुगेन होला?

कसले के मागेर ढोग्यो होला
उकालोको ढुङ्गो?
पायो कि पाएन होला?

आस्था र आशाको गह्रुँङ्गो भारी बोकेर
कसले पोत्यो होला राताम्मे अबिर?

सिमे भूमे देउरालीलाई
देवतै मानेर
कसले पुज्यो होला पहिलो पल्ट?

कसले चढायो होला
दुईटा फूल देउरालीमा...?

2022/12/08

महाभारत चर्चा- २

  समाजभित्रको महाभारत-

 


अघिल्लो ब्लगमा मैले महाभारत बारे केही चर्चा गरेको थिएँ। खासमा त्यो ब्लग भन्दा पनि लामो ट्विट थियो। जो ट्विटरको शब्द सिमाले नधानेर मिसमास हुँदै तन्किएर ब्लगमा बदलिएको थियो। उक्त ब्लगमा आएको प्रतिक्रिया र सुझावले मलाई अरु लेख्न हौस्यायो। महाभारतबारे अरु बुझ्न, बुझेको कुरा बुझाउन, सिक्न र सिकेको कुरा खुलेर राख्न हौस्यायो। र यो अर्को ब्लग त्यसैको परिणाम हो।
 
महाभारतबारे लेख्नु कठिन काम हो। मलाई थाहा छ। महाभारत बुझ्नु र बुझेको छु भन्नु पनि आत्मरति मात्रै हो। यो पनि थाहा छ। यसका पत्र पत्र बुझ्नु, दर्शन बुझ्नु, धर्म बुझ्नु, पात्रहरुका बारेमा जान्नु र गहिराईमा पुगेर छिमल्न खोज्नु मेरो वशको काम हैन पनि। तर पनि महाभारतले हाम्रो राज्य, समाज र व्यक्तित्वमा पारेको प्रभावका बारेमा तुलना गरेर लेख्नु चैँ मेरो सिमा भित्रकै कुरा हो भन्ने म ठान्छु। र यसका बारेमा अरु लेख्दै जानेछु।
 
यो दोश्रो ब्लग त्यही गन्थनकै निरन्तरता हो।
 

2022/12/03

महाभारत चर्चा

सबैलाई थाहा छ। महाभारत कुरुवंशका एकाघरका दाजुभाई बिचको लडाईँ हो। राज्य प्राप्तिको लडाईँ हो। सम्पत्तिको लडाईँ हो। हक अधिकारको लडाईँ हो। झट्ट हेर्दा यो एक परिवारको अंश विवाद हो। केवल एक परिवारको अंश विवादका नाममा जसले लाखौँको संख्यामा नरसंहार गर्‍यो।




तर महाभारतको भित्री कुरा के हो त? किन यो यति चर्चित छ? किन आज पनि सामयिक छ? किन उत्तिकै चासो र रुचिका साथ यसलाई पढिन्छ?



2022/11/22

कबिता- जिवन

सोधेँ- 
जिवन के हो?


पहाड बोल्यो- अडिग बन
हावा बोल्यो- बहिराख
ढुङ्गा बोल्यो- कठोर बन
हिमाल बोल्यो-पग्लिहेर


हर जवाफमा प्रश्न थियो
हर प्रश्नमा अर्को प्रश्न।
अनि,
द्विविधामा आफैँलाई सोधेँ
मन बडो मौन थियो।


अडिनु
बग्नु
कठोर बन्नु 
अनि पग्लिनु।
सायद,
यि सबै हुनु नै जिवन थियो।



~नित्यानन्द

2022/11/16

कबिता- पहिलो प्रेम र चिया

पहिलो प्रेमको पहिलो उच्छवास जस्तो,
पहिलो स्पर्श, पहिलो चुम्बन जस्तो।


हरेक कपमा उस्तै महक,
हरेक चुस्कीमा उस्तै ताजगी।


माफ गर प्रिय,
मेरो पहिलो प्रेम चिया हो
तिमी हैनौ।

~ नित्यानन्द

2022/11/09

कबिता- टुप्पामा पुगेपछी

टुप्पामा बसेकोले 
तल के देख्छ?


एक हुल भेडाको बथान,
एउटा विशाल हनुमानको जत्था,
जय-जयकारको नारा,
अनि
छिटपुट ठडिएका
आफ्ना र आफन्तका सालिक।


शोक, दमन
पिडा, रोदन।
माथी~माथी पुग्दैगएसी
बिस्तारै सबै धूमिल हुँदै जान्छ।


टुप्पामा पुग्दैगएपछि
सत्ताको तिलस्मी चमकले
मान्छे अन्धो हुन्छ
अनि
केही देख्नै छाडिदिन्छ।
~ नित्यानन्द